खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, भने– ‘हामी न्यायाधीश बन्न मिल्दैन’

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, भने– ‘हामी न्यायाधीश बन्न मिल्दैन’
Advertisement Ads

गृहमन्त्री सुधन गुरुङले रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरी प्रमुखलगायत अधिकारीमाथि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। “कसैलाई एउटा भनौं न, उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन। आरोप हो जो कसैले नि लगाउन सक्यो । त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन,” उनले भने।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले सार्वजनिक लेखा समितिको बैठकमा आफ्नो अनुपस्थितिमा गृहसचिव, सहसचिव तथा नेपाल प्रहरी प्रमुखमाथि गरिएको व्यवहारप्रति समेत असन्तुष्टि जनाए।

उनले आरोप पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर समितिमार्फत त्यस्तो व्यवहार गर्नु उचित नहुने बताए। “इट इज नट गुड। अनि हाम्रो गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ यसमा चाहिँ। वि आर नट ह्याप्पी अबाउट इट।”

गत बुधबार सार्वजनिक लेखा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीका पोसाक तथा अन्य सामग्री खरिदमा अनियमिततासम्बन्धी उजुरीमाथि छलफल भएको थियो। सो क्रममा रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि तत्काल छानबिन गर्नुपर्ने धारणा राखेका थिए।

सुनारले “नैतिकता छ भने तपाईंहरूले छोड्नुपर्छ । कानुनी राज्य हो भने बर्खास्ती गरिनुपर्छ, आजै, अहिल्यै राइट नाउ,” भन्दै तत्कालीन गृहमन्त्री, गृहसचिव र आईजीपीलाई जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने बताएका थिए।

गृहमन्त्री गुरुङले भने गृह प्रशासनअन्तर्गतका कर्मचारी तथा प्रहरी नेतृत्वले सरकारको स्पिरिटअनुसार काम गरिरहेको बताए। आरोप लगाउन जोसुकैले सक्ने भए पनि प्रमाणित नभएसम्म कसैलाई दोषी करार गर्न नमिल्ने उनको धारणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स