हितेन्द्रदेव शाक्य भन्छन्, “३ घन्टा बत्ति जाँदैमा लोडसेडिङ भएको भन्न मिल्दैन्”
नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने विद्युतमा प्राविधिक गडबडीका कारण बिहीबार बेलुकी देशभर विद्युत् अवरोध भएको दाबी गरेको छ।
बिहीबार राति साढे २ बजेदेखि ३ घन्टासम्म भएको बत्ती अवरोधपछि आलोचना खेपिरहेको प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले यसलाई लोडसेडिङ भन्न नहुने प्रतिक्रिया दिएका छन्। उनका अनुसार यो समस्या लोडसेडिङ नभई प्राविधिक कारणले भएको हो।
“गए राति ढल्केबर क्षेत्रमा आएको हुरीबतासका कारण दुईवटा प्रसारण लाइन अवरुद्ध भएपछि केही समयका लागि विद्युत् आपूर्ति रोकिएको हो,” शाक्यले स्पष्ट पारे। उनले थपे, “यसलाई लोडसेडिङ भन्नु तथ्यसँग मेल खाँदैन। सामाजिक सञ्जालमा फैलिएको यो कुरा सही होइन।”
उनका अनुसार नेपालको विद्युतीय संरचना अझै कमजोर भएकाले यस्ता समस्या कहिलेकाहीँ दोहोरिन सक्छन्।