स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
बोर्डका अनुसार यसअघि असोज, कात्तिक र मंसिरसम्म प्राप्त तथा स्वीकृत दाबीको भुक्तानी सम्पन्न भइसकेको थियो। पछिल्लो निर्णयअनुसार पुस महिनामा स्वीकृत भएका दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रुपैयाँ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ।
यससँगै आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्म स्वीकृत भएका सबै स्वास्थ्य बीमा दाबीको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा गर्दै आएको पनि जनाएको छ।
प्रतिकृया