गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज आइतबारदेखि नेप्सेमा सुरु भएको छ। प्रि-ओपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०१ रुपैयाँमा खुला भएको हो। कारोबार सुरु भएको आधा घण्टामै कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर ३३१.१० रुपैयाँ पुगेको छ, जसका कारण कम्पनीको सेयर मुल्यमा पहिलो कारोबार दिनमै सकारात्मक सर्किट लागेको छ।
यसअघि नै कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतम ३०१.०२ रुपैयाँसम्म तोकिएको थियो। पहिलो कारोबार तोकिएको रेन्जको उच्च विन्दुबाट सुरु भएको हो। कम्पनीका ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्, जसमा पब्लिक सेयर २२ लाख ५० हजार कित्ता रहेको छ।












![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)








![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया