इरानले मुख्य व्यापारिक समुद्री बाटो 'स्ट्रेट अफ हर्मुज' आफ्नो पूर्ण नियन्त्रणमा हुनुपर्ने र त्यहाँबाट जाने जहाजबाट शुल्क उठाउने अधिकार माग राखेको छ।
विदेशमा रोक्का रहेको आफ्नो सम्पत्ति फुकुवा हुनुपर्ने र युद्धको क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको सर्त छ।
यसका साथै लेबनानमा भइरहेको आक्रमण पूर्ण रूपमा रोकिनुपर्ने कुरामा इरानले जोड दिएको छ।