किन छ सभामुख भन्दा उपसभामुखको तलब बढी ?

मर्यादामा माथि, तलबमा तल!

प्रतिनिधिसभाका सभामुखभन्दा उपसभामुखको मासिक पारिश्रमिक बढी रहेको छ ।

तपाईँलाई सुन्दा पत्यार नलाग्न सक्छ तर अहिले सभामुखले मासिक ६७ हजार ३ सय २० रुपैयाँ बुझ्दा उपसभामुखले ७२ हजार ७ सय ३० रुपैयाँ पाउँछन्।

कहाँबाट सुरु भयो यो भद्रगोल?

यो सबै अनौठो नियमको सुरुवात २०७६ साल भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालादेखि भएको हो।

त्यतिबेला तत्कालीन सभामुख कृष्णबहादुर महरा र प्रधानमन्त्रीबीच कुरा नमिलेपछि इगोको लडाइँ सुरु भयो।

त्यही झोँकमा सरकारले उपसभामुखको तलब मात्र बढायो र सभामुखको हकमा पछि निर्णय गर्ने भन्दै फाइल थन्क्याइदियो।

सचेतकको बढ्यो, सभामुखको उही!

पछि २०७८ सालमा शेरबहादुर देउवाको सरकार आउँदा पनि मुख्य सचेतक र समिति सभापतिहरूको तलब बढाइयो।

समिति सभापतिहरूको तलबसमेत बढेर ६९ हजार नाघ्दा पनि सभामुख र अध्यक्षको तलब भने पुरानै अवस्थामा रह्यो।