ग्लोबल आइएमई बैंकले म्यानेजमेन्ट ट्रेनी पदका लागि कर्मचारी माग गरेको छ।
इच्छुक उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट वाणिज्य, लेखा, अर्थशास्त्र, वित्त वा व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै, न्यूनतम दोस्रो श्रेणी वा २.७५ सिजिपिए प्राप्त गरेको आवश्यक छ।
आवेदन दिन चाहने उम्मेदवारको उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक उम्मेदवारले आवेदन दिन http://career.gibl.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८१ चैत २३ गते (शनिबार, २०२५ अप्रिल ५) बेलुका ५:३० बजेभित्र रहेको छ।

प्रतिकृया