गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।गरिमा विकास बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ६० हजार ८२.४३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । जस मध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले यसमा आज (मंसिर १६ गते) बाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । सो अवधिसम्म संस्थापकहरुबाट सेयर खरिद गर्न कुनै आवेदन नआए अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।
त्यस्तै, १ लाख ८ हजार १३०.३२ कित्ता सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले यसमा आज (मंसिर १६ गते) बाट १५ दिनभित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।


















प्रतिकृया