गणपति लघुवित्तको नाफा झण्डै तीनगुणा बढ्यो, कमायो ४ करोड २५ लाख रुपैयाँ नाफा

गणपति लघुवित्तको नाफा झण्डै तीनगुणा बढ्यो, कमायो ४ करोड २५ लाख रुपैयाँ नाफा

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा १७९.५१ प्रतिशतले बढेर ४ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७१ प्रतिशतले बढेर १७ करोड २८ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ८६.५७ प्रतिशतले घटेर ८ लाख रुपैयाँमा सीमित भएको छ। कुल सञ्चालन आम्दानी ४२.२६ प्रतिशतले बढेर १८ करोड २२ लाख रुपैयाँ पुगेको छ। यता, इम्पेयरमेन्ट चार्ज १ करोड ६५ लाख रुपैयाँमा ऋणात्मकमा आएको छ।

लघुवित्तको खराब कर्जा अनुपात १.३३ प्रतिशतबिन्दुले घटेर ४.५१ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिमा लघुवित्तले निक्षेप तथा सापटीबाट २ अर्ब २७ करोड रुपैयाँ संकलन गरी २ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको वितरणयोग्य नाफा २ करोड ६४ लाख रुपैयाँ र जगेडा कोषमा ११ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १ पैसा बढेर २८ रुपैयाँ ४ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४२ पैसा रहेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ४५ पैसा रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

GMFBS 1 https://bajarkochirfar.com/ganapati-laghubittas-profit-nearly-triples-earning-a-profit-of-rs-42-million | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स