SHAREHUBSHAREHUB

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जी.पी. शाह नियुक्त

AdvertisementAds
यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जी.पी. शाह नियुक्त
AdvertisementAds

नेपालको अग्रणी खाद्य पदार्थ उत्पादक कम्पनी, यशोदा फूड्स प्रा.लि., ले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा श्री जी.पी. शाहज्यूलाई नियुक्त गरेको घोषणा गरेको छ। कम्पनीले यो घोषणा शुक्रबार काठमाडौँको सोल्टीमोड स्थित हायात सेन्ट्रिकमा आयोजित एक भव्य सम्मान समारोहमा गरेको हो। समारोहमा उद्योग, व्यापार र मिडिया क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिती थियो।

यशोदा फूड्सले भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापुर र न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ, र यसको वार्षिक टर्नओभर एक सय करोडभन्दा बढी रहेको छ।

श्री जी.पी. शाहज्यूलाई ग्लोबल कार्यकारी निर्देशकको रूपमा स्वागत गर्दै यशोदा फूड्सका अध्यक्ष श्री चुन्न प्रसाद पौडेल ज्यूले उनलाई खादा र फूलको गुच्छा सहित सम्मानित गरे। कम्पनीले यस नियुक्तिसँगै आफ्नो नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको उल्लेख गर्दै, श्री शाहज्यूको दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणबाट कम्पनीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।

ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा, श्री शाहज्यूले कम्पनीको उपस्थिती घरेलु र अन्तर्राष्ट्रिय बजारमा अझ मजबुत बनाउनका लागि नवीनतम योजनाहरूको नेतृत्व गर्नेछन्। उहाँको व्यवसायिक अनुभव प्रडक्शन, ईञ्जिनियरिंग, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, सेल्स, मार्केटिंग र अन्तर्राष्ट्रिय बजार विस्तारमा रहेका छन्।

श्री जी.पी. शाहज्यूले आफ्नो मन्तव्यमा भने, “यशोदा फूड्ससँग काम गर्न पाउँदा म निकै उत्साहित छु। यस कम्पनीको गुणस्तर र नवप्रवद्र्धनका लागि सदैव अग्रणी रहने प्रतिबद्धता राख्दै, म यसको भविष्यमा अझ बढी सफलता र उचाइ पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु।”

AdvertisementAds

यस नियुक्तिले यशोदा फूड्सको निरन्तर सफलता र उत्कृष्टता र नवप्रवर्तनको प्राथमिकतालाई पुष्टि गरेको छ। कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन ल्याउने उद्देश्य लिएको छ र नेपाली अर्थतन्त्रमा योगदान पुर्याउन प्रतिबद्ध छ। निकट भविष्यमा, यशोदा फूड्सले एफएमसीजी उत्पादनहरू पनि सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स