insta insta

आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै दोर्दी खोला जलविद्युतको सेयर किन्न पाउने

आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै दोर्दी खोला जलविद्युतको सेयर किन्न पाउने
Advertisement Ads

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद सेयर सर्वसाधारणलाई किन्न सक्ने गरी लिलामीमा राखेको छ।

यसमा संस्थापक समूहका लागि १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका लागि १ लाख ३५ हजार ९५६ कित्ता सेयर असार ७ गतेसम्म लकइनमा राखिनेछ। बाँकी ४ लाख ९५ हजार ६७९ कित्ता सेयर पनि सर्वसाधारण समूहका हुन् तर ती सेयर लकइनमा छैनन्।

इच्छुक लगानीकर्ताले आज जेठ ११ गतेदेखि १९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १०० कित्ताका लागि र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था छ।

कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

lilami share dordi khola 1 https://bajarkochirfar.com/from-today-the-general-public-will-be-able-to-buy-shares-of-dordi-khola-hydropower-at-just-rs-100-per-share | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स