सिटि होटल लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले आइतबार कात्तिक २३ गतेदेखि २१ लाख ५० हजार ४१८ कित्ता हकप्रद सेयर लिलामीमा बिक्री खुला गर्ने निर्णय गरेको हो।
यसअघि कम्पनीले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म ८० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो। उक्त अवधिमा वितरण नभएका संस्थापक समूहका १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारी समूहका ६ हजार कित्ता र सर्वसाधारण समूहका १ लाख ५४ हजार ४१९ कित्ता सेयर अहिले लिलामीमार्फत बिक्री गर्न लागिएको हो। इच्छुक लगानीकर्ताले कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन्।
कर्मचारी र संस्थापक समूहका सेयरहरू भने २०८३ साल जेठ ४ गतेसम्म लक–इन अवधिमा रहनेछन्। लिलामीमा प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
यस लिलामीको विक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ।





















प्रतिकृया