होटल सिराइचुलीले सर्वसाधारणका लागि प्रारम्भिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। यसका लागि होटलले नबिल इन्भेस्टमेन्ट बैंकिङलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्तिपछि होटलले नियामक निकायबाट स्वीकृति लिएपछि निकट भविष्यमा आईपीओ सार्वजनिक गर्ने जनाएको छ।
यस सम्बन्धी सम्झौतामा होटल सिराइचुलीका अध्यक्ष चुडामणि खनाल र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका हुन्।
पर्यटकीय सहर चितवनको भरतपुर महानगरपालिका–१० मा अवस्थित होटल सिराइचुली एक आधुनिक चारतारे होटल हो। यहाँ समकालीन आवास सुविधासँगै मल्टिकुजिन रेस्टुरेन्ट, तीनवटा बैंक्वेट हल, पाँचवटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पुल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पासहितका अत्याधुनिक सेवा सुविधा उपलब्ध छन्।











![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-768x432.jpg)






प्रतिकृया