फोटोनको टुनल्यान्ड जी-सेभेन पिकअप नेपाली बजारमा सार्वजनिक, मूल्य कति रुपैयाँ ?



चिनियाँ गाडी निर्माता कम्पनी फोटोनको फिचर लोडेड टुनल्यान्ड जी-सेभेन पिकअप अब नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि आधिकारिक विक्रेता वृद्धिले आइतबार यो गाडी सार्वजनिक गरेको हो। ‘बिल्ट फर हिमालयज’ भन्ने नारासहित आएको यस पिकअपले नेपालको दुर्गम र चुनौतीपूर्ण भू-भागमा सहज रूपमा यात्रा गर्न सक्ने क्षमता राख्छ। कम्पनीका अनुसार यो गाडीले २३ दिनमै खाङ्सार, कोरोलापास, सन्दकपुर, ढोरपाटन, गुफापोखरी, जुम्लालगायत हिमाली क्षेत्रमा पर्ने कठिन ४,६६० मिटर उचाइका भेगहरू पार गर्दै १५ हजार किलोमिटर दूरी तय गरिसकेको छ।

टुनल्यान्ड जी-सेभेनमा १.९ लिटर (१९६८ सीसी) क्षमताको टर्बोचार्ज्ड डीजल इन्जिन दिइएको छ, जसले १६० हर्सपावर र ३९० एनएम टर्क उत्पादन गर्छ। यस पिकअपको ग्राउन्ड क्लियरेन्स २२५ एमएम र पे–लोड क्षमता ९९० केजी छ भने इन्धन ट्याङ्कीको क्षमता ८० लिटरको छ। सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, र रियर पार्किङ सेन्सर जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।


Advertisement

यात्रा र आरामका लागि पनि यसमा भेन्टिलेटेड र कुलिङ सिट, सनरुफ, पावर विन्डोज, सेन्ट्रल लकिङ, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एअर कन्डिसनर तथा उच्च गुणस्तरको सिट राखिएको छ। मार्केट सेग्मेन्टमै पहिलोपटक देखिएका फिचरहरूसमेत यसमा उपलब्ध छन्। नेपाली बजारमा यस गाडीको मूल्य इलाइट मोडेलका लागि ५१ लाख ९९ हजार रुपैयाँदेखि सुरु भएर लक्जरी मोडेलको ६५ लाख ४० हजार र फ्ल्यागसिप मोडेलहरू ६९ लाख ९९ हजारदेखि ७४ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर