विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय खोल्न निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ११ गते
विदेशी पुनर्बीमा दलालहरूलाई नेपालमा कार्यालय खोल्न निर्देशन

नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।

बीमकको पुनर्बीमा निर्देशिका, २०८० अनुसार, प्राधिकरणमा सूचीकरण भई सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा दलालहरूले छ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा, वा सम्पर्क कार्यालय खोल्नुपर्ने प्रावधान छ।

हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा दलालहरूलाई तीन महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिइएको हो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स