यही वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सरेर अब वैशाख २१ गतेदेखि हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले मंगलबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेपछि परीक्षा सार्ने निर्णय गरिएको हो।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० देखि काठमाडौंमा आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन हुन नसकेकोले परीक्षा अन्योलमा परेको थियो।
बोर्डको बैठकमा शिक्षक नफर्केमा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने पनि छलफल भएको थियो।



















प्रतिकृया