बाढीले बगायो चोरमारा र दुम्कीवासको डाइभर्सन, नारायणगढ–बुटवल सडक ठप्प

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १६ गते
बाढीले बगायो चोरमारा र दुम्कीवासको डाइभर्सन, नारायणगढ–बुटवल सडक ठप्प
AdvertisementAds

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवास क्षेत्रमा डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।पूर्व–पश्चिम राजमार्गमा रहेका यी दुई स्थानमा निर्माण गरिएको वैकल्पिक मार्ग बिहीबार रातिको वर्षासँगै आएको बाढीले बगाएपछि सडक पूर्ण अवरुद्ध भएको हो।

गत वैशाख २९ गते चोरमारा पुल र पुस २६ गते दुम्कीवास पुल भाँचिएपछि खोलामार्ग हुँदै अस्थायी डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको थियो। तर अहिलेको अविरल वर्षाले ती डाइभर्सन समेत बगाएपछि सवारी आवतजावत पूर्णरूपमा बन्द भएको हो।हाल डाइभर्सन पुनः निर्माणको प्रयास सुरु गरिएको जनाइएको छ सडक अबरुद्ध भएपछि चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स