फेसबुकले अब लाइभ भिडियोहरू ३० दिनपछि स्वतः हटाउने नयाँ नीति लागू गरेको छ। मंगलबार मेटाले एक ब्लग पोस्टमार्फत फेब्रुअरी १९ देखि यो नियम कार्यान्वयन हुने जानकारी दिएको हो। यसअघि लाइभ भिडियोहरू अनिश्चितकालसम्म सुरक्षित रहने व्यवस्था थियो।
अब ३० दिन पूरा भएपछि भिडियोहरू हटाइनेछ, तर प्रयोगकर्ताहरूलाई नोटिफिकेसन पठाइनेछ। भिडियोहरू सुरक्षित राख्न ९० दिनको समय दिइनेछ, जसअन्तर्गत प्रयोगकर्ताले भिडियो डाउनलोड गर्न, क्लाउडमा राख्न, वा रिल्स बनाएर फेसबुकमै राख्न सक्नेछन्।
यदि थप समय आवश्यक भएमा, प्रयोगकर्ताले डिलिट प्रक्रिया ६ महिनासम्म रोक्न सक्नेछन्। तर, ६ महिनाभित्र कुनै निर्णय नगरेमा भिडियोहरू स्थायी रूपमा हटाइनेछ।














![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)





![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया