एक्सेल डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी आवश्यक परेको भन्दै दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘बि’ वर्गको इजाजतप्राप्त र कोशी प्रदेशभर सेवा सञ्जाल फैलाएको यस बैंकको केन्द्रीय कार्यालय झापाको विर्तामोडमा रहेको छ। बैंकले शाखा प्रबन्धक (१० जना), सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट (४ जना), रिलेसनसिप म्यानेजर (केही) र ट्रेनी असिस्टेन्ट (केही) पदमा योग्य, अनुभवी र परिणाममुखी नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

शाखा प्रबन्धक पदका लागि न्यूनतम पाँच वर्षको बैंकिङ अनुभव र कम्तीमा एक वर्ष शाखा प्रमुखको रूपमा काम गरेको हुनुपर्नेछ भने उम्मेदवारले व्यवस्थापन वा अर्थशास्त्रमा न्यूनतम ५०% अंकसहित स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। सेमी क्वालिफाइड सीए पदका लागि बैंक तथा वित्तीय संस्थामा अनुभव भएकाहरूलाई प्राथमिकता दिइनेछ। रिलेसनसिप म्यानेजरका लागि कम्तीमा दुई वर्षको अनुभव र एक वर्ष ऋणसम्बन्धी कार्यमा अनुभव आवश्यक छ भने शैक्षिक योग्यता स्नातक तहको हुनुपर्छ।

ट्रेनी असिस्टेन्ट पदका लागि खादबारी, धनकुटा, रामपुर, फिदिम, इलाम, मंगलबारे, गौरीगञ्ज, पथरीशनिश्चरे र लेटाङ शाखामा नियुक्तिका लागि आवेदन माग गरिएको हो। ताजा स्नातक विद्यार्थीहरू (न्यूनतम ५०% अंकसहित व्यवस्थापनमा) ले आवेदन दिन सक्नेछन् भने आन्तरिक उम्मेदवारको हकमा प्लस टु योग्यता पनि मान्य हुनेछ। ट्रेनी पदका लागि अधिकतम उमेर सीमा २८ वर्ष तोकिएको छ।

आवेदन दिने इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित आफ्नो बायोडाटा, फोटो, नागरिकता प्रमाणपत्र, अनुभव पत्र र शैक्षिक प्रमाणपत्र संलग्न गरी असार ४ गते साँझ ५ बजेभित्र [email protected]  मा आवेदन दिनु पर्नेछ।

500700864 776711301539042 5750308923488820525 n https://bajarkochirfar.com/excel-development-bank-is-hiring-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स