एभरेस्ट बैंकले ब्याजदर यथावत् राख्दै माघ महिनाको दरलाई निरन्तरता दियो

एभरेस्ट बैंकले ब्याजदर यथावत् राख्दै माघ महिनाको दरलाई निरन्तरता दियो

एभरेस्ट बैंक लिमिटेडले फाल्गुन १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको सूचना अनुशार निक्षेप तथा कर्जा योजनाहरुको ब्याजदरमा कुनै परिवर्तन नगरिएको र माघ महिनामा लागू गरिएको ब्याजदर नै यथावत् रहने उल्लेख गरिएको छ।

माघ महिनाको ब्याजदर निरन्तरता दिँदै नेपाली रुपैयाँमा व्यक्तिगत मुद्दती निक्षेप योजनाहरूमा तीन महिनादेखि दुई वर्षसम्मको अवधिका लागि ब्याजदर ४.२५ प्रतिशत, दुई वर्षभन्दा माथि पाँच वर्षसम्मको मुद्दती निक्षेपमा ब्याजदर ४.५० प्रतिशत र पाँच वर्षभन्दा माथिको लागि ६.०० प्रतिशत ब्याजदर रहेको छ।

संस्थागत मुद्दती निक्षेप योजनामा माघको निरन्तरता दिँदै छ महिनादेखि दुई वर्षसम्मको निक्षेपमा ३.२५ प्रतिशत ब्याजदर कायम गरिएको छ। दुई वर्षदेखि पाँच वर्ष अवधिको लागि ३.५० प्रतिशत ब्याजदर र पाँच वर्षभन्दा माथिको लागि ५.०० प्रतिशत ब्याजदर लागू गरिएको छ।

बैंकले कर्जामा पनि कुनै परिवर्तन नगरेको हुँदा पहिल्यै निर्धारित ब्याजदरनै कायम रहनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स