बैंकिङ क्षेत्रकै ‘ब्लुचिप’ एभरेष्ट बैंकले कमायो २ अर्ब ११ करोड नाफा, लाभांश दिने क्षमता कति ?

बैंकिङ क्षेत्रकै ‘ब्लुचिप’ एभरेष्ट बैंकले कमायो २ अर्ब ११ करोड नाफा, लाभांश दिने क्षमता कति ?

एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी तथा शुल्क र कमिशन आम्दानी बढ्नु बैंकको नाफा सामान्य रूपमा बढ्नुको मुख्य कारण हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँमा पुगेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी २०.३८ प्रतिशतले बढेर ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशतले बढेर ५ अर्ब ८१ करोड ४७ लाख रुपैयाँमा पुगेको छ।

यता, इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ। इम्पेयरमेन्ट चार्ज बढे पनि सञ्चालन आम्दानी बढेकै कारण सञ्चालन नाफा २.०६ प्रतिशतले बढेर ३ अर्ब १७ करोड १६ लाख ४६ हजार रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ०.०२ प्रतिशतबिन्दुले बढेर ०.६८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा खराब कर्जा अनुपात ०.६६ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ४ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब ४२ करोड ७२ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन २.०५ प्रतिशत र कर्जा लगानी १०.७७ प्रतिशतले बढेको हो। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.१९ प्रतिशत रहेको छ भने आधार दर ४.७५ प्रतिशत कायम रहेको छ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहेको छ। सो आधारमा बैंकको लाभांश क्षमता ३१.९३ प्रतिशत रहेको छ।

बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब ५२ करोड ९६ लाख रुपैयाँ सञ्चित रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २० पैसाले घटेर ३० रुपैयाँ ८६ पैसामा सीमित भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ।

EBL https://bajarkochirfar.com/everest-bank-a-blue-chip-in-the-banking-sector-earned-a-profit-of-rs-2-11-billion-what-is-its-dividend-paying-capacity | %tags

Q2 NBL https://bajarkochirfar.com/everest-bank-a-blue-chip-in-the-banking-sector-earned-a-profit-of-rs-2-11-billion-what-is-its-dividend-paying-capacity | %tags
यो पनि पढ्नुहोस

नेपाल बैंकको नाफामा १८३ प्रतिशतको उछाल, कारण के ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स