देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसियसनले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको मूल्यांकन र पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग दिने भएको छ।
महासचिव विनोदप्रकाश पण्डितका अनुसार विसं १९९० र २०७२ का भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा नेपाली प्राविधिक जनशक्तिको योगदान रहेको र यसलाई निरन्तरता दिन चाहेको छ। अध्यक्ष सुवासचन्द्र बरालले सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र नेपाल बार एशोसिएसनको भवनमा प्रारम्भिक निरीक्षण सुरु भएको जानकारी दिए।
अभियानमा अवलोकन, जोखिम मूल्यांकन, प्रयोग योग्यता जाँच र पुनर्निर्माण सम्भाव्यता अध्ययन गरिनेछ। सम्पूर्ण इञ्जिनियरलाई सहभागी हुन आग्रह गरिएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया