आठ महिनामा १७ अर्ब ८५ करोडभन्दा बढीको विद्युतीय सवारीसाधन आयात

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ८ गते
आठ महिनामा १७ अर्ब ८५ करोडभन्दा बढीको विद्युतीय सवारीसाधन आयात

नेपालमा विद्युतीय सवारीसाधनको आयात तीव्र रूपमा बढिरहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा मात्रै १७ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी मूल्यका १८,९२५ थान एसेम्वल/अनएसेम्वल तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १ अर्ब १४ करोड रुपैयाँले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा १६ अर्ब ७१ करोड रुपैयाँ मूल्यका १४,७३८ थान विद्युतीय सवारी नेपाल भित्रिएका थिए।

फागुन महिनामै २ अर्बभन्दा बढीको आयात

फागुन महिनामा मात्र २ अर्ब ७ करोड २७ लाख रुपैयाँ मूल्य बराबरका २,३८१ थान एसेम्वल/अनएसेम्वल तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे विद्युतीय सवारीसाधन नेपाल भित्रिएको छ। माघ महिनाको तुलनामा फागुनमा आयातमा उल्लेखनीय वृद्धि भएको देखिन्छ। माघमा १ अर्ब ७४ करोड २४ लाख २३ हजार रुपैयाँ मूल्यका १,७९४ थान यस्ता सवारीसाधन आयात भएका थिए, जसको तुलना गर्दा फागुनमा ३३ करोड रुपैयाँ बढीको विद्युतीय सवारी नेपाल भित्रिएको हो।

नेपालले चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय सवारीसाधन चीनबाट आयात गरेको छ। हालसम्म चीनबाट १४ अर्ब १४ करोड रुपैयाँ बराबरका १५,९६२ थान एसेम्वल/अनएसेम्वल तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन आयात भएका छन्। त्यसैगरी, भारतबाट ३ अर्ब ४७ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी नेपाल भित्रिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स