instainsta

४१० किलोमिटरसम्म रेन्ज भएको विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा सार्वजनिक, मूल्य कति रुपैयाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
४१० किलोमिटरसम्म रेन्ज भएको विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा सार्वजनिक, मूल्य कति रुपैयाँ ?
AdvertisementAds

मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोन को पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा सार्वजनिक भएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा आधिकारिक बिक्रेता जगदम्बा मोटर्स ले गाडीको ग्लोबल लन्च गरेको हो।

कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्ट सार्वजनिक गरेको छ। प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर ब्याट्री जडान गरिएको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ। त्यस्तै, प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्म रहेको छ।

यस गाडीमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन परम्परागत एलएफपी ब्याट्रीभन्दा प्रभावकारी रहेको कम्पनीको दाबी छ। गाडीमा विन्डशिल्ड हेड–अप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट, तथा १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्, जसले उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्छ।

यस विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ।

जगदम्बा मोटर्सले प्राइम भेरियन्टको मूल्य ५६ लाख ९९ हजार तथा प्रिमियम भेरियन्टको मूल्य ६७ लाख ९९ हजार निर्धारण गरेको छ। यसको बुकिङ केही समयअघि नै खुला गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स