मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा, लगानीकर्ताले कति नगद पाउने?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २४ गते
मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा, लगानीकर्ताले कति नगद पाउने?
AdvertisementAds

मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश घोषणा भएको छ । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँको ६.३५ (करसहित) अर्थात् ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स