दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा जेठ २२ गते बिहान ११:३० बजे, मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्युमा बस्ने भएको छ।
सभामा कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, यस प्रक्रियाका लागि आवश्यक सम्पूर्ण कार्य गर्न, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, र अन्य कम्पनीहरूसँग गाभ्ने (मर्जर) प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छन्।त्यसका साथै, दुबै आर्थिक वर्षका वार्षिक प्रतिवेदन, वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू पनि सभामा पेश गरिने छन्।
सभामा सञ्चालक समितिमा रिक्त रहेका सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा अनुमोदनसम्बन्धी प्रस्तावहरू पनि पेश हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, जेठ ७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।



















प्रतिकृया