रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता, कर्मचारी, र पोलिसी होल्डरहरूले अब पोखरास्थित अन्नपूर्ण केबलकारको सेवामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन्। यो सुविधा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारीअनुसार प्रदान गरिएको हो।
समझदारीपत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबलकारका सञ्चालक चन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका छन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबारमा सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरिसकेको छ। कम्पनीले हालसम्म ७० लाखभन्दा बढी बीमितहरूको विश्वास जित्न सफल भएको छ। अन्नपूर्ण केबलकारसँगको यस सहकार्यले बीमित तथा ग्राहकहरूलाई थप सहुलियत दिने अपेक्षा गरिएको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै आफ्नो महत्वपूर्ण योगदान दिँदै आएको छ।














![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)


![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया