क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ओइरो, पहिलो दिनमै ओभर सब्सक्राइब्ड



Advertisement
Ads

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशनको पहिलो दिनमै ओभर सब्सक्राइब्ड भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि क्रेस्ट माइक्रो इन्स्योरेन्सले  आज माघ १५ गतेदेखि आइपीओ जारी गरेको हो।


Advertisement

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। जसमा कुल निष्कासनको १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँ बराबरका २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको छ।


Advertisement

सीडीएससीका अनुसार आज मंगलबार साँझ ५ बजेसम्म क्रेस्ट माइक्रो लाइफको आइपीओमा १३ हजार ३८२ आवेदकहरूले ३ लाख ७३ हजार १२० कित्ता सेयरको लागि आवेदन दिएका छन्, जुन माग १.६५ गुणा बढी रहेको छ।

आवेदकहरूले माघ २९ गतेसम्म  आवेदन दिन सक्नेछन्। आवेदन दिने लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म आवेदन दिन सक्नेछन्।  आइपीओको बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर