insta insta

एसईई पास भएकाहरुलाई सामुदायिक लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

एसईई पास भएकाहरुलाई सामुदायिक लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

सामुदायिक लघुवित्त वित्तीय संस्थाले कोशी प्रदेशका पहाडी जिल्ला र बागमती प्रदेशका जिल्लाहरूमा कार्यक्षेत्र रहने गरी विभिन्न पदमा कर्मचारी माग गरेको छ।

नायव व्यवस्थापक पदका लागि व्यवस्थापन संकायमा स्नातक वा सो सरह उतिर्ण भई लेखा व्यवस्थापनको क्षेत्रमा ४ वर्षको अनुभव भएको वा Semi-qualified चार्टर्ड एकाउन्टेन्सी उतिर्ण गरी कम्तीमा ३ वर्षको अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ। क्षेत्रीय प्रमुख पदका लागि स्नातक वा सो सरह उत्तीर्ण भई लघुवित्त सम्बन्धी कम्तीमा ३ वर्षको कार्यानुभव हुनुपर्नेछ। शाखा प्रमुख पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भई कम्तीमा २ वर्षको लघुवित्त सम्बन्धी अनुभव आवश्यक छ। कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि एसईई वा सो सरह उत्तीर्ण हुनुपर्नेछ।

इच्छुक उम्मेदवारहरूले आवेदन फारम संस्थाको वेबसाइट www.slbsl.com.np बाट डाउनलोड गरी, आवश्यक कागजातसहित केन्द्रीय कार्यालय वा [email protected] इमेलमार्फत १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

व्यवस्थापकिय श्रेणीका लागि उमेर सीमा २५-४५ वर्ष, अधिकृत श्रेणीका लागि २१-४० वर्ष, र सहायक पदका लागि १८-३५ वर्ष तोकिएको छ, जसमा महिलाहरूका लागि ५ वर्षको अतिरिक्त सुविधा दिइएको छ। कम्प्युटर, इमेल तथा इन्टरनेट सम्बन्धी ज्ञान भएकाहरूलाई प्राथमिकता दिइनेछ भने स्थानीय आवेदक तथा मोटरसाइकल/स्कुटर चालक अनुमतिपत्र भएकाहरूलाई विशेष प्राथमिकता दिइनेछ।

तलब, भत्ता तथा सेवा सुविधा संस्थाको नियमानुसार हुनेछ। थप जानकारीका लागि संस्थाको केन्द्रीय कार्यालय वा वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।

slbsl vacancy 2081 12 13 https://bajarkochirfar.com/community-microfinance-has-opened-jobs-for-those-who-have-passed-see-for-which-positions-can-they-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स