हकप्रद सेयर निष्काशनको तयारीमा सिटी होटल, बोर्डमा दियो आवेदन
सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ। कम्पनीले जेठ ११ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले १:०.८० अर्थात् ८० प्रतिशत (१ करोड ३३ लाख ९२ हजार कित्ता) हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेको हो। हकप्रद निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।