सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ भोलि शुक्रबार, असार १३ गतेदेखि सार्वजनिक निष्काशनमा आउने भएको छ। यस योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड हो भने योजना व्यवस्थापन तथा डिपोजिटरीको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले लिएको छ।
योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा ५ करोड इकाई निष्काशन हुनेछ। जसमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाई सिटिजन्स बैंकका लागि सुरक्षित राखिनेछ भने बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्काशन हुनेछ।
निवेशकहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा असार १७ गते र ढिलोमा असार २७ गतेसम्म खुला रहनेछ। यदि निर्धारित समयसम्म कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज हुनेछ र लगानीकर्ताको रकम फिर्ता गरिनेछ। माग धेरै भएमा २५ प्रतिशत थप इकाई जारी गरी अधिकतम ६ करोड २५ लाख इकाईसम्म बाँडफाँड गरिनेछ।
यो योजना खुलामुखी भएकाले यसको कुनै परिपक्वता अवधि तय गरिएको छैन। बाँडफाँड भएको तीन महिनापछि इकाईको खरीद–बिक्री सुरु हुनेछ। यद्यपि, यो धितोपत्र दोस्रो बजारमा सूचीकृत नहुने भएकाले अधिकृत वितरकमार्फत कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।












![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया