सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सदाबहार योजना’ अन्तर्गतको इकाई बिक्री असार १३ गतेदेखि खुला गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरले ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कुल ५ करोड इकाई निष्काशनको अनुमति लिएको मध्ये ७५ लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सुरक्षित गरिएको छ भने बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको हो।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। यो योजनामा छिटोमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ भने यदि सो अवधिभित्र सबै इकाई बिक्री नभएमा असार २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस योजनामा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया