‘घुमन्ते उम्मेदवार बाइबाई, रैथाने हाइहाइ’: महेश बस्नेत

‘घुमन्ते उम्मेदवार बाइबाई, रैथाने हाइहाइ’: महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर घुमन्ते उम्मेदवार पठाउने चलन सुरु गरेको बताएका छन्। शुक्रबार नेकपा एमाले युवा सङ्घको पहिलो बैठकमा नेता बस्नेतले यस विषयमा आफ्नो विचार प्रस्तुत गरेका छन्।

उनले भने, “अहिले फेरि केपी ओलीलाई सदनमा आउन नदिने उद्देश्यले काठमाडौँ महानगरका मेयर बालेन शाह झापातर्फ जाँदैछन्। चुनावमा उम्मेदवारहरूले जन्मेको वा हुर्केको ठाउँमा लड्नुपर्ने हो। तर रास्वपाले देशभर घुमन्ते उम्मेदवार पठाउने चलन सुरु गरेको छ। घुमन्ते उम्मेदवारहरूलाई घुमाइदिनुस्, विकास र समृद्धि देखाइदिनुस्, भोट नेकपा एमालेलाई हाल्नुस्।”

नेता बस्नेतले यस निर्वाचनमा एमाले कार्यकर्तालाई घुमन्ते उम्मेदवार “बाइबाई” र रैथाने उम्मेदवार “हाइ हाइ” भन्ने नारा लगाउन पनि आग्रह गरेका छन्। यसपालि एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट चुनाव लड्दै आएका छन्, तर त्यहाँ रास्वपा नेता बालेन शाहले पनि उम्मेदवारी दिएका कारण बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन्।

त्यसैगरी, बस्नेतले जेनजी आन्दोलनको समयमा रवि लामिछाने जेलबाट भागेपछि अन्य कैदी पनि भागेको र त्यस क्रममा १२ जना कैदीको मृत्यु भएको जिम्मा रवि लामिछाने र बालेन शाहले लिनुपर्ने दाबी पनि गरेका छन्।

उनले जेनजी आन्दोलनका हिंसात्मक घटनाहरूको एक–एक हिसाब लिने आवश्यक रहेको भन्दै, “हिंसात्मक बाटो रोज्ने वा विकास र समृद्धिको बाटो रोज्ने भन्ने निर्णय नेपालका युवाहरूको काँधमा पुगेको छ,” भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स