बोटलर्स नेपालको व्यापार र आम्दानी घट्यो, बजार हिस्सामा पनि कमी

बोटलर्स नेपालको व्यापार र आम्दानी घट्यो, बजार हिस्सामा पनि कमी

कोकाकोला, फ्यान्टा, स्प्राइट लगायतका पेय पदार्थ बिक्री गर्ने बोटलर्स नेपाल लिमिटेड र यसको सहायक कम्पनी बोटलर्स नेपाल तराईले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा १२ अर्ब ६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ। यसमा बोटलर्स नेपाल लिमिटेडले ७ अर्ब १० करोड रुपैयाँको कारोबार गरेको छ भने सहायक कम्पनी बोटलर्स नेपाल तराईले ४ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो। बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालका लागि आधिकारिक बिक्रेता हो र यसले देशभर पेय पदार्थ उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

दुईवटा कम्पनीले अल्पकालीन कर्जाका लागि ७ अर्ब २७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छन्।

यो कम्पनी सन् १९७९ देखि साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गर्दै नेपालमा बिक्री वितरण गर्दै आएको छ। कम्पनीको ७६ प्रतिशत सेयर बोटलर्स नेपालको हातमा छ भने २२ प्रतिशत गोर्खा ब्रुअरी लिमिटेडको छ र बाँकी सेयर सर्वसाधारणको रहेको छ।

तर, कम्पनीको व्यापारमा केही गिरावट देखिएको छ। सन् २०२२ मा बोटलर्स नेपाल लिमिटेडले १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा यो बढेर १२ अर्ब ६४ करोड १० लाख रुपैयाँ पुगेको थियो। तर सन् २०२४ मा व्यापार घटेर ११ अर्ब ३७ करोड ८० लाख रुपैयाँमा झरेको छ। यससँगै कम्पनीको आम्दानी पनि सन् २०२३ को तुलनामा झन्डै १० प्रतिशतले घटेको छ। कम्पनीले यसको मुख्य कारण निर्यात बन्द हुनु र बजारमा कडा मूल्य प्रतिस्पर्धा हुनु रहेको जनाएको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको बजार हिस्सामा पनि गिरावट आएर यो ६१ प्रतिशतबाट घटेर ५४ प्रतिशतमा झरेको छ।

519535575 1932321767587360 1786233915337454800 n 1 https://bajarkochirfar.com/bottlers-nepals-business-and-income-declined-market-share-also-decreased | %tags

यसैगरी, बोटलर्स नेपाल (तराई) कम्पनीले सन् २०२२ मा ९ अर्ब १९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो। सन् २०२३ मा यसको व्यापार ९ अर्ब ४० करोड १० लाख रुपैयाँ पुगेको थियो भने सन् २०२४ मा यो घटेर ८ अर्ब ८० करोड ३० लाख रुपैयाँमा आएको छ। यस कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा करिब ४ प्रतिशतले घटेको छ र चालु आर्थिक वर्षको नौ महिनामा पनि करिब १५ प्रतिशतले व्यापार घटेको छ।

बोटलर्स नेपाल (तराई) को ९१ प्रतिशत सेयर बोटलर्स नेपाल लिमिटेड सँग छ भने बाँकी सर्वसाधारणको हातमा छ।साथै यसको बजार हिस्सा ३८ प्रतिशत रहेको छ।

521004302 1927977417751924 3261270078960689962 n https://bajarkochirfar.com/bottlers-nepals-business-and-income-declined-market-share-also-decreased | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स