बोटलर्स नेपालका दुईवटै कम्पनीले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

बोटलर्स नेपालका दुईवटै कम्पनीले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

बोटलर्स नेपालका दुई कम्पनी—बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)—ले साधारण सभा डाकेका छन्। मंसिर १० गते बसेको दुवै कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

दुवै कम्पनीको साधारण सभा पुस २३ गते काठमाडौँको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना हुनेछ। बोटलर्स नेपाल (तराई) को साधारण सभा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ भने बोटलर्स नेपाल (बालाजु) को सभा दिउँसो ३ बजेदेखि सुरु हुनेछ।

गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय भएकाले दुवै कम्पनीको सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश हुने छैन।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, बोटलर्स नेपाल (बालाजु) को सभाबाट स्वतन्त्र सञ्चालकका रूपमा सिद्धान्त राज पाण्डेको नियुक्ति अनुमोदन गर्नुका साथै एक जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गरिनेछ।

दुवै कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स