रोक्का गरिएको बोटलर्स नेपाल बालाजुको सेयर कारोबार फुकुवा भएको छ। बोटलर्स नेपाल बालाजुले आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएपछि नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई सचेत गराउँदै कारोबार फुकुवा गरेको हो।
बोटलर्स नेपाल बालाजुले मंसिर ५ गते संचालक समितिको बैठक राखेर आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको थियो। तर, यसबारेमा मंगलबार मात्र जानकारी गराएको थियो। कम्पनीले जानकारी समयमै नगराएको भन्दै नेप्सेले मंगलबार कारबाही स्वरुप सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। त्यसपश्चात कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्याउने भन्दै नेप्सेमा धितोपत्र कारोबार फुकुवा गर्न अनुरोध गरेको थियो ।
‘धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो।


प्रतिकृया