नेपालमा कोकाकोला उत्पादन तथा वितरण गर्दै आएका बोटलर्स नेपालका दुबै कम्पनी तराई र बालाजुको नोक्सानीमा गएका छन् । विवरण अनुसार यी दुबै कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल (बालाजु) ले २३ करोड ४० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल (तराई) ११ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ४१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो।
यी दुबै कम्पनीहरुको सञ्चालन आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो। समीक्षा अवधिसम्ममा बोटलर्स नेपाल (बालाजु) को सञ्चालन आम्दानी ४ अर्ब ५८ करोडबाट घटेर ४ अर्ब ३६ करोडमा झरेको छ। त्यस्तै बोटलर्स नेपाल (तराई) को पनि सञ्चालन आम्दानी आम्दानी ३ अर्ब ६८ करोडबाट घटेर २ अर्ब ९६ करोडमा सीमित भएको छ।
पुस मसान्तसम्ममा बोटलर्स नेपाल (बालाजु) को प्रतिसेयर आम्दानी २४० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ३ हजार २७९ रुपैयाँ रहेको छ। त्यस्तै, बोटलर्स नेपाल (तराई) को प्रतिसेयर आम्दानी १९७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३ हजार ३७९ रुपैयाँ रहेको छ।










![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया