SHAREHUBSHAREHUB

बलिउड मेलोडी किङ्ग अभिजीत भट्टाचार्यले नेपालमा लाइभ कन्सर्ट गर्दै, सिटीपेबाट काट्न सकिन्छ टिकट

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २१ गते
AdvertisementAds
बलिउड मेलोडी किङ्ग अभिजीत भट्टाचार्यले नेपालमा लाइभ कन्सर्ट गर्दै, सिटीपेबाट काट्न सकिन्छ टिकट
AdvertisementAds

९० को दशकका असंख्य चर्चित बलिउड गीतका आवाज, प्रख्यात पार्श्व गायक अभिजीत भट्टाचार्य पहिलो पटक नेपालको मञ्चमा प्रस्तुति दिन तयार भएका छन्। “लाइभ कन्सर्ट इन नेपाल — अभिजीत भट्टाचार्य” आगामी २०२६ जुन २० गते, काठमाडौंको ठमेलस्थित क्लब नोभा (नेपालकै सबैभन्दा ठूलो क्लब) मा हुने भएको छ। साँझ ७:०० बजे प्रवेशद्वार खुल्नेछ भने लाइभ कन्सर्ट ७:३० बजेबाट सुरु हुनेछ।

उनको कालजयी गीतहरू: मै कोहि यैसा गीत गाउँ , तुम दिल कि धड्कन मै, मेरे खयालोकी मल्लिका जस्ता हजारौं गीतहरू रहेका छन।

यस ऐतिहासिक कन्सर्टको आयोजना नेपाल साङ्गीतिक संघले गरेको हो भने व्यवस्थापनको जिम्मा साधना कला केन्द्रले लिएको छ। यो कार्यक्रम बीबीटीएम फाउन्डेसनको हितमा आयोजित एक परोपकारी (च्यारिटी) कन्सर्ट हो। भारतका ए-क्लास सङ्गीतकारहरूको साथमा अभिजीतले आफ्ना कालजयी हिन्दी गीतका साथसाथै नेपाली श्रोताको मन छुने नेपाली गीतहरू पनि प्रस्तुत गर्नेछन् — जुन गीतहरू पुस्तौँदेखि सदाबहार बनेका छन्।

कार्यक्रमको आधिकारिक टिकेटिङ पार्टनर cityPAY हो, र अहिले अर्ली बर्ड टिकट बिक्री सुरु भइसकेको छ। अर्ली बर्ड अफरअन्तर्गत स्ट्यान्डिङ डान्सिङ फ्लोरको टिकट रु. २,००० र स्ट्यान्डिङ भीआईपी फ्लोरको टिकट रु. ४,००० मा उपलब्ध छ — जुन नियमित मूल्यमा सीमित समयका लागि दिइएको छुट हो। यसका साथै VVIP, VIP लगायतका टेबल प्याकेजहरू पनि उपलब्ध छन्।

अर्ली बर्ड टिकट सीमित समयका लागि मात्र उपलब्ध हुने भएकाले सङ्गीतप्रेमीहरूलाई छिटो यो लिङ्क  (https://tny.ws/cityPAY),  मा गएर डाउनलोड गरि आफ्नो KYC भरी टिकट काट्न सकिने जानकारी गराइन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स