राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। नियमित तालिका अनुसार असार पहिलो साता नतिजा आउने भए पनि शिक्षकहरूको २९ दिन लामो आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला भएकोले मिति पछि सरेको हो।
परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार परीक्षण अन्तिम चरणमा पुगेको छ र कर्मचारीहरू दिनरात खटिएर काम गरिरहेका छन्। त्रुटि नहुने गरी इन्ट्री र रुजुपछि मात्रै नतिजा सार्वजनिक गरिने छ। एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो, जसमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए।









![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)








प्रतिकृया