यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार नतिजा सार्वजनिकको अन्तिम तयारी तीव्र गतिमा भइरहेको छ। उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सम्पन्न भइसकेको र हाल प्राप्ताङ्क इन्ट्री तथा रुजु गर्ने काम भइरहेको जानकारी दिँदै उनले असारको तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने लक्ष्य बनाइएको बताए।
उनका अनुसार कर्मचारीहरू डबल सिफ्टमा काम गरिरहेका छन् र प्रविधिले साथ दिएमा तोकिएको मितिभन्दा पनि अगाडि नतिजा सार्वजनिक गर्न सकिनेछ। प्रारम्भिक कार्यतालिका अनुसार असार ६ गतेभित्र नतिजा आउने भनिए पनि २०८१ सालको चैत २० देखि वैशाख १७ गतेसम्म शिक्षक आन्दोलनका कारण कार्यमा ढिलाइ भएको हो।
गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।








![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)










प्रतिकृया