एक पटक चार्ज गर्दा १५३ किलोमिटर यात्रा गर्न सकिने बजाजको ईभी स्कुटर ‘चेतक’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १९ गते
एक पटक चार्ज गर्दा १५३ किलोमिटर यात्रा गर्न सकिने बजाजको ईभी स्कुटर ‘चेतक’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

नेपाली बजारमा बजाजको नयाँ इलेक्ट्रिक स्कुटर ‘चेतक ३५०१’ सार्वजनिक भएको छ। हंशराज हुलाश चन्द एण्ड कम्पनीले आइतबार आयोजना गरेको कार्यक्रममा यो स्कुटर प्रस्तुत गरिएको हो।

चेतक ३५०१ मा ३.५ किलोवाटआवर क्षमताको ब्याट्री छ, जसले एक पटक चार्ज गर्दा १५३ किलोमिटर यात्रा गर्न सकिन्छ। यसलाई ८० प्रतिशत चार्ज गर्न मात्र ३ घण्टा लाग्छ। यसको मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ।

स्कुटरमा आईपी ६७ प्रमाणित मेटल बडी, ३५ लिटरको अन्डर-सिट स्टोरेज, र स्मार्ट टीएफटी टचस्क्रिन कन्ट्रोल सुविधा छन्। नेभिगेसन, म्युजिक कन्ट्रोल, कागजात भण्डारण र कल ह्यान्डलिङजस्ता स्मार्ट फिचर पनि उपलब्ध छन्।

चेतक ३५०१ साउन २१ गते हुने नाइमा एक्स्पोमा पनि देखाइनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स