SHAREHUBSHAREHUB

एशियन लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा जागिर खुलायो, स्थानीय बासिन्दालाई प्राथमिकता दिइने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १ गते
AdvertisementAds
एशियन लाइफ इन्स्योरेन्सले सातै प्रदेशमा जागिर खुलायो, स्थानीय बासिन्दालाई प्राथमिकता दिइने
AdvertisementAds

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारीहरू माग गरेको छ। कम्पनीले सातै प्रदेशका शाखाहरुमा कर्मचारी माग गरेको हो ।

म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापन संकायमा मास्टर डिग्री तथा ट्रेनी असिस्टेन्टका लागि व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण हुनुपर्नेछ।

साथै, MS Word, Excel को राम्रो ज्ञान, अंग्रेजी तथा नेपाली टाइपिङमा राम्रो गर्न जान्ने हुनुपर्नेछ र उमेर २५ वर्ष ननाघेको उमेर हुनुपर्नेछ। आवेदकसँग सवारी चालक अनुमतिपत्र हुनुपर्नेछ भने अनुभव भएका तथा स्थानीय बासिन्दालाई प्राथमिकता दिइनेछ।

इच्छुक उम्मेदवारहरूले आफ्नो CV, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्रहरू, अनुभव प्रमाणपत्र (यदि भएमा) र हस्तलिखित निवेदन सहित अपेक्षित तलब तथा सुविधा उल्लेख गरी [email protected] मा २०२५ फेब्रुअरी १९ भित्र आवेदन दिन सक्नेछन्।

कम्पनीले योग्य उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिने जानकारी गराएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स