भोटेकोशी बाढी प्रभावितको उद्धारमा सेना र निजी हेलिकप्टर परिचालन, घाइतेका लागि स्वास्थ्य टोली खटिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र १० गते
भोटेकोशी बाढी प्रभावितको उद्धारमा सेना र निजी हेलिकप्टर परिचालन, घाइतेका लागि स्वास्थ्य टोली खटिँदै
AdvertisementAds

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म १२ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाले स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनालाई उद्धार गरेको हो। प्रभावितको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरिएको छ।

बाढीबाट घाइते भएकाको उपचारका लागि काठमाडौँका विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, स्काउट र लायन्सलगायतका संघसंस्थासँग समन्वय भइरहेको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा घाइतेका लागि १०० शय्या छुट्याइएको छ।

प्रभावित क्षेत्रमा उपचारका लागि ट्रमा सेन्टरबाट ६ जना डाक्टर र २ जना नर्स प्रस्थान गरिसकेका छन्। स्काउटबाट ५ जना डाक्टर र ९ जना उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा जाने तयारीमा छन्।

स्वास्थ्य सेवा विभागले प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि आवश्यक औषधि पठाउने तयारी गरिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले पनि १ हजार जनालाई पुग्ने आधारभूत औषधि तथा २४ स्वायर फिटका १५ वटा टेन्ट पठाउने तयारी गरेको छ।

AdvertisementAds

प्रभावितलाई आवश्यक खाद्यान्न व्यवस्थापनका लागि काठमाडौँ, नुवाकोट र धादिङमा खाद्यान्न व्यवस्थापन केन्द्रलाई तयारी अवस्थामा राखिएको छ।

यसैगरी, नेपाल टेलिकम र एनसेलले प्रभावितका लागि निःशुल्क डाटा, भ्वाइस र एसएमएस सेवा उपलब्ध गराएका छन्।

आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स