एभरेष्ट बैंक लिमिटेडले आज (फागुन १८) देखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेको छ। बैंकले प्रतिऋणपत्र १,००० अंकित दरमा ३० लाख कित्ता ऋणपत्र जारी गर्न माघ १५ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो।
कुल ऋणपत्रमध्ये ६०% (१८ लाख कित्ता) व्यक्तिगत तवरबाट, ४०% (१२ लाख कित्ता) सर्वसाधारणलाई बिक्री गरिनेछ, भने ५% (६० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
१० वर्षे अवधि र वार्षिक ७.५०% ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
आवेदन फागुन २१ गतेसम्म दिन सकिनेछ। यदि सो समयसम्म पर्याप्त आवेदन नपरेमा म्याद चैत ३ गतेसम्म लम्बिन सक्छ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।










![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया