लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, कति पाइन्छ ब्याजदर ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १४ गते
लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने, कति पाइन्छ ब्याजदर ?
AdvertisementAds

लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रतिकित्ता १,००० रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।

कुल निष्काशित ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फ छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

यस ऋणपत्रमा छिटोमा साउन १९ गतेसम्म र आवश्यक परे ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण उपलब्ध कित्तासम्म आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले बैंकलाई असार ९ गते ऋणपत्र निष्काशनको अनुमति दिएको थियो। वार्षिक ७ प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको अवधि १० वर्षको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स