नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ।
बोर्डले बैंकलाई ‘आरबीबीएल डिबेन्चर–२०८९’ निष्काशनका लागि स्वीकृति दिएको हो। अनुमति पाएसँगै बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।
बैंकले कुल ऋणपत्रमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि निष्काशन गर्नेछ भने बाँकी १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।
सात वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। ऋणपत्रको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।


प्रतिकृया