काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। महानगरले एक सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराइने जानकारी दिएको हो। इच्छुक विद्यार्थीहरूले असार १८ गतेदेखि २७ गतेसम्म अनलाइन आवेदन फाराम भरि दिन सक्नेछन्। प्रवेश परीक्षा साउन ३ गते बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुनेछ, जसमा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिनेछ।
विद्यार्थीहरूले महानगरपालिकाको वेबसाइट entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। विद्यालयगत छात्रवृत्तिको कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ। थप जानकारीको लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np हेर्न सकिने सूचनामा उल्लेख छ।









![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)




![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया