शिव श्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न सकिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन ८ गते
शिव श्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न सकिने ?

शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड ले भदौ १९ गतेदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि असोज २३ गतेसम्म थप गरेको छ। कम्पनीले हाल कायम १ कित्ता सेयरको अनुपातमा १ कित्ता नयाँ हकप्रद सेयर निष्काशन गरेको छ। यस अन्तर्गत १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर, प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका, १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको निष्काशनमा ल्याइएको छ। हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। आवेदन प्रबन्धकका शाखा कार्यालयहरूमा, सी आस्बा प्रणालीमार्फत, वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म मार्फत आवेदन दिन सकिन्छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स