शिव श्री हाइड्रोपावर लिमिटेडको लिलाम मार्फत बिक्रिमा ल्याएको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयरमा आवेदन दिने कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म रहेको छ। कम्पनीले भदौ १९ देखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी रहेको सेयर विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत सबैले किन्न पाउने गरी लिलाममा ल्याएको हो।
कम्पनीले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। यसमा आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले भाग जाने कुनै संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। बोलपत्र डिल्लीबजारस्थित (बिक्री प्रबन्धक) सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखा कार्यालयमा पाइँनेछ।













![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)





![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया