SHAREHUBSHAREHUB

आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै शिव श्री हाइड्रोपावरको सेयर किन्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २० गते
AdvertisementAds
आजदेखि सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँमै शिव श्री हाइड्रोपावरको सेयर किन्न पाउने
AdvertisementAds

शिव श्री हाइड्रोपावर लिमिटेडको अवितरित सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद सेयर आजदेखि लिलाम बिक्रीमा आएको छ।

कम्पनीले भदौ १९ देखि असोज २३ गतेसम्म हकप्रद सेयर निष्काशन गरी बाँडफाँड गर्दा बाँकी बसेको सो सेयर अब विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत सबैले किन्न पाउने गरी लिलाममा राखेको हो।

कम्पनीले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। यसमा आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने कुनै संख्यामा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

यस्तो बोलपत्र डिल्लीबजारस्थित (बिक्री प्रबन्धक) सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखा कार्यालयमा पाइँनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स